Listen Live

भारतको सेनवरीया क्रिकेट क्लव विजयी
Posted On: Mar 22, 2018

बीरगंज ८ चैत्र ।
पोखरीयामा जारी टि २० नगरपालिका कप क्रिकेट प्रतियोगिताको उपाधी भारतको सेनवरीया क्रिकेट क्लवले चुमेको छ । युवा समाज पोखरीयाको आयोजना तथा पोखरीया नगरपालिकाको सहयोगमा वडानम्बर ६ सिर्सिया स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा सेनवरीया क्रिकेट क्लवले ३ विकेटले विजयी भएको छ । टि २० प्रतियोगितामा टस जिती ब्याटिक शुरु गरेको सिक्टा क्रिकेट क्लव भारतले सबै विकेट गुमाई १२० रन बनाएको थियो भने सेनवरीयाले ७ विकेटको क्षतिमा १९ ओभर ३ बलमा विजयी भएको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच सेनवरीयाका रमेश पटेल घोषित भएका थिए । म्याद अफ दि म्याच घोषित पटेललाई पुरस्कार स्वरुप पोखरीया नगरपालिकाका कार्यकारी अधिकृत नाथु साहले एलईडी टेलिभिजन प्रदान गर्नु भएको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई प्रमुख अतिथि पोखरीया नगरपालिकाका मेयर दिप नारायण रौनियारले ४१ हजार नगद पुरस्कार सहित शिल्ड तथा कप प्रदान गर्नु भएको थियो । उपविजेतालाई उपमेयर सलमा खातुनले २१ हजार नगद पुरस्कार सहित शिल्ड र कप प्रदान गर्नु भएको थियो । पोखरीया नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष शियानन्द चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।

Comments