चैत्र २ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल अघिल्लै वरियतामा कायम रहेको छ । गएराती सार्बजनिक भएको वरियतामा नेपाल पुन १ सय ६५ औँ स्थानमा रहेको हो । अंकमा केही सुधार गर्दै १ सय ३ अंक हात पारेको गरेको नेपालले यो महिना वरियतामा भने कुनै सुधार गर्न सकेन् । दक्षिण एसियामा ईण्डिया सबैभन्दा अघि रहँदा पाकिस्तान दक्षिण एसियाली वरियताको पुछारमा छ । पछिल्लो वरियतामा ईण्डिया ९९, अफगानिस्तान १ सय ४८, माल्दिभ्स १ सय ५० र भुटान १ सय ८८ औँ स्थानमा छन् । त्यस्तै बंगलादेश १ सय ९७, श्रीलंका २ सयौ र पाकिस्तान २ सय ३ औँ स्थानमा छन् । विश्व वरियतामा भने जर्मनी पहिलो, ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् ।
Comments