Listen Live

स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम
Posted On: Mar 16, 2018

स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

बीरगंज २ चैत्र ।
बिरगंज महानगरपालिका वार्ड नंबर १२ मा आज सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष रामदरश कुशवाहाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पिपरा स्वास्थ्य चौकिका प्रमुख रुपलाल शाहले स्वास्थ्य बिमाबारे जानकारी गराउनुभएको थियो।सरकारद्धारा लागु गरिएको स्वास्थ्य विमा कार्यक्रमबाट प्रत्येक परिवार लाभान्भित हुने हुँदा अनिवार्य रुपमा स्वास्थ्य विमा गर्न कार्यक्रममा अभिप्रेरित गरिएको थियोे । स्वास्थय बिमा सम्बन्धी जनचेतना र परिचयपत्र बितरणका लागि ३ सदस्सीय समिति समेत गठन गरिएको छ । समितिमा वडा अध्यक्ष रामदरश कुशवाहा,अबधकिशोर लाल कर्ण र मदन प्र कुर्मी रहेका छन।कार्यक्रममा वडा सदस्य रमेश शाह कानु,निलम कुशवाहा,घनश्याम गुप्ता,डा.सुदर्शन कुशवाहा लगायतको उपस्थिति रहेको थियो

Comments