Listen Live

​श्रेष्ठ र देवान सम्मानित
Posted On: Mar 16, 2018

​श्रेष्ठ र देवान सम्मानित

बीरगंज २ चैत्र ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले एभिन्यूज टेलिभिजनका  केन्द्रिय व्यूरो संयोजक राजु श्रेष्ठ तथा अन्नपूर्णपोष्ट पत्रिकाका प्रदेश नं. २ व्यूरो अलि असगर देवानलाई सम्मान गरेको छ । साल्ट ट्रेडिड्ड स्थित पार्टी कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले अविर टिका लगाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।  कार्यक्रममा नेपाली काँग्रेसका नेता विरेन्द्रलाल नेपाली, जनाद्र्धन सिंह क्षेत्री, नेपाल पत्रकार महासंघका पूर्व सभापति अशोक तिवारी, प्रस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी लगायतले एभिन्यूज टेलिभिजनको  केन्द्रिय व्यूरो संयोजकमा पदोन्निति हुनु भएका श्रेष्ठ तथा अन्नपूर्णापोष्टका प्रदेश नं. २ व्यूरो प्रमुख अलि असगर देवानलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

Comments