Listen Live

विमा रकम हस्तान्तरण
Posted On: Mar 16, 2018

विमा रकम हस्तान्तरण

बीरगंज २ चैत्र ।
निर्धन उत्थान बैंक लि.शाखा कार्यालय बिन्दबासिनीले आज एक कार्यक्रमका विच विमा रकम हस्तान्तरण गरेको छ । बैकले आफुसंग कारोबार गर्दै आएकी  सदस्य बिन्दबासिनी गाउपालिका वडा नं. ४ मधवल निवासी फुलमती देबी बरैनीको मृत्यु उपरान्त बिमा रकम परिवारजनालाई हस्तान्तरण गरेको हो  । 
बैंक कर्मचारी, कारोबारी सदस्य र स्थानीय भद्रभलादमीको रोहबरमा एउटा कार्यक्रम गरि मृतकका पति गौरी शंकर प्रसाद बरैलाई विमा वापतको रकम रु.४१ हजार ४ सय  रुपैया हस्तान्तरण गरिएको बैंकका शाखा प्रमुख हसमुदिन मियाले बताउनुभयो । वैकको  २,४,७९ सदस्य रहेकोमा चालु आ.व.०७४÷०७५ मा २२ जनाको मृत्यु भएको मध्ये ११ लाख १ हजार ३ सय ८३ रुपैया बिमा रकम बितरण गरिएको बैंकले जनाएको छ ।

Comments