Listen Live

सिमा क्षेत्रको सुरक्षा सम्वेदनशिलतालाई बुझेर अपराध नियन्त्रण गर्न आइजीपी खनालको निर्देशन
Posted On: Jun 09, 2018


बीरगंज २५ जेठ ।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सिमा क्षेत्रको सुरक्षा सम्वेदनशिलतालाई बुझेर अपराध नियन्त्रणका लागि अगाडी बढन प्रहरी अधिकृत तथा सकल दर्जाका प्रहरीहरुलाई निर्देशन दिनु भएको छ ।
संघिय इकाई प्रहरी कार्यालय नारायणी वीरगंजमा आज आयोजित भोजपुरी गायक सुनिल पण्डितको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरिक्षक खनालले सिमा क्षेत्रमा हुने आपराधिक गतिविधि, आर्थिक अपराध, तस्करीको संजाललाई तोडेर भयमुक्त समाज निर्माणका लागि जुटन आग्रह गर्नु भयो । 
उहाँले प्रहरीको आचरण विपरित हिडनेलाई कारवाही गर्ने चेतावनी दिदै जनतासँग सहकार्य गरी अवैध लागु औषधको ओसार पोसार, हत्या, लुटपाट, बलात्कार जस्ता जघन्य अपराध सिमा क्षेत्रमा  बढदै गएको र यस तर्फ बढी क्रियाशिल हुन जिल्ला स्थित प्रहरी प्रमुखलाई निर्देशन दिनुभयो ।  
यसैविच प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रणका लागि जनतासँग सहकार्य गरी प्रविधि मैत्री प्रहरी बनाउने अभियानमा आफू जुटेको बताउनु भएको छ । आज वाराको कलैयामा उद्योग वाणिज्य संघको आयोजनामा कलैया नगर क्षेत्र भित्र जडान गरिएको नागरिक मैत्री सुरक्षा सिसिटिभी क्यामराको उद्घाटन गर्दै महानिरिक्षक खनालले अपराधीक गतिविधी  नियन्त्रण गरी समाजको शान्ति सुरक्षामा खटिन नेपाल प्रहरीका अधिकृत तथा सकल दर्जालाई निर्देशन दिनुभएको छ  । कार्यक्रममा वारा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष बिनोद साहले हाल कलैया नगरक्षेत्र भित्र ६४ वटा सिसिक्यामरा जडान गर्ने लक्ष्य रहेको भएपनि कबिर २२ लाख ५० हजारको लागतमा ३२ वटा मात्रै सिसिक्यामरा पहिलो चरणमा जडान गरिएको बताउनु भयो । कार्यक्रममा वाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ का उपाध्यक्ष अशोक वैध, जिल्ला समन्वय समिति वाराका सभापति  नवलकिशोर सिह लगायतकाले मन्तव्य ब्यतm गर्नुभएको थियो । 

Comments