Listen Live

​प्रदेश सरकारद्वारा वारा, पर्सा, रौतहटको विकासको सम्बन्धमा स्थानिय तहसँग छलफल तथा अन्तरक्रिया
Posted On: Jun 09, 2018


बीरगंज २५ जेठ ।
प्रदेश सरकारद्वारा प्रदेश नम्बर २ को वारा, पर्सा, रौतहट जिल्लाका विकास निर्माणका योजना तर्जुमाका सम्बन्धमा आज सिमरामा पूर्वबजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्रि विजय यादवले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरि सकेको र सो कार्यक्रममा अधिकांश विकास निर्माणका योजना समावेश भई सकेको बताउनु भयो । उहाँले यस कार्यक्रमबाट छनौट भएका योजनाहरु बजेटमा पनि समावेश हुने र आगामी बर्षको लागि पनि छनौट भएका कार्ययोजना महत्वपूर्ण दस्तावेज हुने दावी गर्नु भयो । कार्यक्रममा प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, वारा, पर्सा, रौतहट जिल्लाका प्रदेश सभाका सदस्यहरु, वीरगंज महानगरपालिका, जितपुर सिमरा तथा कलैया उपमहानगरपालिका, विभिन्न नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, सम्पूर्ण स्थानिय तहका प्रशासकिय अधिकृतहरु, जिल्ला समन्वय समितिका सभापति, उपसभापतिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वारा, पर्सा र रौतहट जिल्लाका विकास निर्माणका योजनाहरु जिल्ला गत रुपमा छनौट गरिएको प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत अवधेश यादवले बताउनु भयो ।

Comments