Listen Live

ठेकेदारलाई चार पटक म्याद थप्दा पनि एडिवी आयोजना अझै अधुरो
Posted On: Jun 09, 2018

बीरगंज २३ जेठ ।
एडिवी आयोजना अन्तरगत बीरगंजमा अण्डरग्राउण्ड ढल नलको निर्माण तथा सडक विस्तार परियोजना यस बर्षको बर्षायाम शुरु हुनु अगावै सम्पन्न नहुने निश्चित भएको छ ।  ठेकेदार कम्पनि कालिका कन्ट्रक्सनलाई पटक पटक म्याद थप गरी चौथो पटक म्याद थप गर्दा पनि वीरगंजलाई डुवानबाट मुक्त गराउने अभियान यस बर्ष पनि पुरा नहुने भएको छ । हाल एडिवी परियोजना अन्तरगत निर्माण गरिएका अधिकांश खुला ढल नलको अवस्था विग्रिएको र नालाहरु भत्किएका कारण नालाको पानी दर्जनौ स्थानमा जमेको भेटिएको छ । त्यसैगरी परियोजनाले अण्डरग्राण्ड नाला माथि सडक पिच गर्दा नाला छोप्न सयौं स्थानमा म्यानोल राखेको भए पनि त्यसलाई मिलाएर नराख्दा सडक भत्किएको र म्यानोल भएको स्थानमा सवारी दुर्घटना समेत हुने गरेको छ । एडिवी परियोजना हेर्ने बीरगंज महानगरपालिकाका प्रमुख शैलेन्द्र श्रेष्ठले हाल परियोजनाको ९१ प्रतिशत काम सम्पन्न भएको र अण्डरग्राउण्ड नाला ४५ किलोमिटर निर्माण गरिएको १२ किलो मिटर पक्की सडक समेत निर्माण सम्पन्न भएको दावी गर्नु भयो । परियोजनाले निर्माण गरेको सडक तथा नाला महानगरपालिकालाई हस्तान्तरण नगर्दै अधिकांश स्थानमा विग्रि सकेको स्थानिय वासिन्दाले आरोप लगाएका छन् । अण्डरग्राउण्ड नाला माथि पिच सडक निर्माण गरिएको र कतिपय स्थानमा राखिएका म्यानोल नमिलेको स्वीकार गर्दै परियोजना प्रमुख श्रेष्ठले ठेकेदारलाई जसरी भए पनि विग्रेको म्यानोल मिलाउने तथा नगरपालिकालाई हस्तान्तरण गर्दा सबै काम दुरुस्त पार्न लगाउने दावी गर्नु भयो । एडिवी परियोजनाको पहिलो फेज अन्तरगत २ अर्ब ४८ करोडको काम पाएको कालिका कन्ट्रक्सनले  दोश्रो फेजको २ अर्ब ३४ करोडको ठेक्का पाएको भए पनि बीरगंजमा संचालित निर्माण कार्य चित्त बुझ्दो नभएपछि एसियाली विकास बैंकले सम्झौता नगरेको श्रोतले जनाएको छ ।

Comments