Listen Live

​मधेश आन्दोलनकै कारण २ नम्बर प्रदेशमा मुस्लिम समुदायका राउत मुख्यमन्त्री बनेः फोरम अध्यक्ष यादव
Posted On: Apr 27, 2018

बीरगंज १३ बैशाख ।
भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको जनकपुरमा हुने अभिनन्दनलाइ भब्यबनाउन संघीय समाजवादी फोरम नेपाल सक्रिय भएको छ ।  संघिय समाजवादी फोरम नेपाल पर्साको  बिहिबार बसेको बैठकले  वैशाख २८ गते  प्रदेश राजधानी जनकपुरमा हुने मोदीको भ्रमणलाई सफल बनाउन  जनपरिचालन समिती गठन गरेको हो । संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम सांसद प्रदिप यादवको संयोजकत्वमा बसेको बैठकले ५ सय १ सदसीय जन परिचालन समिती गठन गरेको छ ।  जिल्ला समन्वय समितीको कार्यालयमा सम्पन्न भएको बैठकमा समन्वय समितीका पर्सा सभापति नेक महमद अंसारी , उपाध्यक्ष सुन्दर कुर्मी , पार्टी प्रवक्ता रामनरेश यादव , सचिव नागेन्द्र यादव, कोषाध्यक्ष रबि वर्णवाल , पार्टीका युवा नेता अमोद यादव , इश्वरचन्द यादव तथा विभिन्न भातृ संगठनका जिल्ला पदाधिकारी लगाएतका स्थानिय नेताहरुको उपस्थिती  रहेको थियो ।

Comments