Listen Live

​पर्साका प्रमुख जिल्ला अधिकारी सिंहको सरुवा
Posted On: Apr 27, 2018

बीरगंज १३ बैशाख  ।
गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा धेरैजसो प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् । मन्त्रालयको सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेल पर्साका प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन भने पर्सा  प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत सरुवा गरिएको छ । चितवनका सीडीओ नारायणप्रसाद भट्ट भक्तपुर सरुवा भएका छन् भने  रौतहटका उद्धव बहादुर थापाको नुवाकोटमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ ।

Comments