Listen Live

​२ नम्बर प्रदेशमा २ लाख भन्दा बढी बालबालिका विद्यालयको पहुच भन्दा बाहिर रहेको दावी ः मुख्यमन्त्री राउत
Posted On: Apr 27, 2018

बीरगंज १३ बैशाख ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशमा २ लाख भन्दा बढी बालबालिका विद्यालयको पहुच भन्दा बाहिर रहेको र ति बालबालिकालाई विद्यालयमा ल्याउनु र टिकाउनु अहिलेको प्रमुख चुनौतीको विषय भएको कुरामा जोड दिनुभएको छ । बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तरगत आज वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको नेरामाविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्य प्रदेश र स्थानिय सरकारसँगै समाजका अगुवा, उद्योगी व्यवसायि, बुद्धिजीवीहरुको सामुहिक सहभागिताबाट मात्रै बेटी बचाउ बेटी पढाउ कार्यक्रम सफल हुने दावी गर्नु भयो । सो अवसरमा मुख्यमन्त्री राउतले बीरगंज नगवा निवासी गरिव तथा विपन्न परिवारकी ४ बर्षिय बालिका आदित्य कुमारी राउतलाई विद्यालय भर्ना गर्दै अभिभावकत्व समेत ग्रहण गर्नु भएको छ । बालिकाको पठन पाठनका लागि मुख्यमन्त्री राउतले सम्पूर्ण जिम्मा समेत लिनु भएको छ । वीरगंज महानगरपालिका १६ का अध्यक्ष श्यामबाबु चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख विजय सरावगी, प्रदेश सभासद करिमा वेगम, संघिय समाजवादी फोरम नेपालका प्रदेश सचिव सलाउद्दिन अहमद, सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Comments