Listen Live

आगलागी पिडित ३१ घरपरिवारलाई राहत सामाग्री प्रदान
Posted On: Apr 16, 2018

बीरगंज २ बैशाख । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आज साँझ बाराको महागढीमाई नगरपालिका  ५ कवही जव्दीका आगलागी पिडित ३१ घरपरिवारलाई राहत सामाग्री प्रदान गर्नुभएको छ । प्रदेश सरकारको तर्फबाट प्रतिपरिवार १६ हजार नगद रुपैंया सहित जिल्ला दैवी प्रकोप उद्धार समिति, बारा र बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीबाट सहयोग प्राप्त त्रिपाल, खाद्यान्न, लत्ताकपडा, भाडावर्तन लगायतका अत्यावश्यक सामाग्री प्रदान गरिएको  मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले जानकारी दिनुभयो  । हिजो दिउँसो बाराको कबही जब्दीमा आगलागी हुदाँ १५ घरपरिवार पुर्ण रुपमा घरबारबिहिन भएका छन् भने थप १६ घरपरिवारको आगलागीबाट आंशिक रुपमा क्षति पुगेको थियो । पुर्णरुपमा क्षतिग्रस्त तथा आंशिकरुपमा क्षति पुगेका सबै घरपरिवारहरुलाई राहत सामाग्री प्रदान गरिएको स्वकीय सचिव यादवले बताउनुभयो । राहत वितरण कार्यक्रममा मुख्यमन्त्री राउत सँगै प्रदेश नं. २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलको समेत सहभागिता रहेको थियो । 

यसबीच, महागढीमाई नगरपालिका बरियारपुरले आगलगीबाट पिडित परिवारलाई राहत स्वरुप ११ हजार नगद सहित खाद्यान्न सामाग्री र लता–कपडा दिने निर्णय गरेको छ । नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा आज विहान बसेको बैठकले नगरपालिकाको वार्ड नं. ५ स्थित रहेको कवहीजब्दीको दलित बस्तीमा भएको आगलगी पिडितलार्इ  राहत दिने निर्णय गरेको होे । प्रति घरधुरीलाई ११ हजार नगद सहित लताकपडा राहत दिने निर्णय गरेको छ । साथै आगलगी पिडित परिवारलाई नगरपालिकाले १० दिनसम्म खाना, नास्ता उपलब्ध गराउने निर्णय गरेको हो । 

Comments