Listen Live

​नयाँ बर्षको अवसरमा ग्रिन सिटी बीरगजद्वारा फुड फेस्टिवल सहित विविध कार्यक्रमको आयोजना
Posted On: Apr 13, 2018

बीरगंज ३० चैत्र । 
ग्रिन सिटी बीरगजद्वारा नयावर्षको अबसरमा आज सांझ बिरगंजको आदर्शनगरमा सिटि डान्स च्यामपियन सिप २०७४ एन्ड फुड फेस्टिबलको आयोजना हुदै छ । गी्रन सिटि उपभोक्ता समिति र सिटि डान्स ऐकेडमीको संयतm आयोजनामा आज साझ ५ बजे देखि राति १२ बजे सम्म आदर्शनगरको कैलाश होटल अगाडी  फेस्टिबल हुने लागेको ग्रिन सिटी विरगंजका अध्यक्ष सुनिल खेतानले बताउनु भयो । फेसटिभलको लागि वीरगंजको आदर्शनगर क्ष्ँेत्र झकि झकाउ बनाईएको छ । बजार भरि लाईटिङ्गको व्यवस्था र सडकको बृहत सरसफाईका साथमा सडकमै खानेकुराका स्टलहरु सजाईएको छ । फेस्टिवलमा इण्डियन, चाईनिज, नेपाली तथा विशेष गरी मारवाडी समुदायका परिकारहरुलाई स्टलहरुमा राखिने समितिका सुनिल खेतानले जानकारी दिनु भयो । यस्तै फेस्टिबलमा गायन तथा नृत्य प्रतियोगिता हुने र उत्कृष्ट प्रतियोगिलाई नगद सहित पुरस्कृत गरिने कार्यक्रम रहेको छ । विगतका बर्षहरु भन्दा यस बर्ष छुटै किसिमले नगरवासीलाई नयां बर्षको अनुभूति दिलाउन सांस्कृतिक कार्यक्रमका साथै सडकमै फुड फेस्टिवलको आयोजना गरिएको ग्रिन सिटी विरगंजका सुनिल खेतानले बताउनु भयो । अंग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने बीरगंजमा तर नेपाली विक्रम संवत तथा नयाँ वर्ष मनाउने क्रम हराउँदै गएको सन्दर्भमा ग्रिन सिटी बीरगंजले नेपाली नयाँ वर्षका अवसरमा सांस्कृतिक कार्यक्रम सहित खाना महोत्सवको आयोजना गरि नेपाली संस्कार र संस्कृतिलाई झल्काउन खोजेकोमा बीरगंजवासीहरु उत्साहित भएका छन् ।

Comments