Listen Live

​पर्साको ग्रामिण क्षेत्रबाट गाँजा चरेशको कारोवार फस्टाउदै
Posted On: Apr 13, 2018

बीरगंज ३० चैत्र । 
अवैध लागु औषधका तस्करहरुले पर्साको ग्रामिण क्षेत्रलाई ट्रान्जीट बनाउदै धादिङ्ग, मकवानपुर, काठमाण्डौबाट गाँजा चरेश आयात गरी भारत तर्फ पुर्याउने कार्यलाई तिव्रता दिएका छन् । विशेष गरी पर्साको पटेर्वासुगौली, भौराटार, निचुटा, जानकीटोला, जगरनाथपुर, निर्मलवस्ती, सुवर्णपुरका कुख्यात गाँजा चरेशका तस्करहरुले पहाडी जिल्लबाट उत्पादीत गाजा चरेश मकवानपुरको मनहरीबाट पर्सा राष्ट्रिय निकुञ्ज हुदै ग्रामिण क्षेत्रमा भित्र्याउने कार्यलाई तिव्रता दिएकाछन् । रातको समयमा तस्करहरुले मनहरीबाट पर्साको ग्रामिण क्षेत्रमा र गाउँबाट प्रहरीकै संरक्षणमा भारत तर्फ पुर्याउने क्रमलाई तिव्रता दिएसँगै तस्करहरु बिचको आपसी खटपटका कारण गत चैत्र २४ र २५ गते पटेर्वासुगौली, पोखरीया र धादिङ्गको नौविसेबाट ठूलो परिमाणमा गाँजा तथा चरेश बरामद गरेको थियो । पर्साको सखुवा प्रसौनीबाट गाँजा तथा चरेश नियन्त्रण लिने क्रममा तस्करहरुले स्थानिय महिला तथा बालबालिकालाई प्रयोग गरी गाँजा चरेश खोस्न थालेपछि दोहोरो झडप समेत भएको थियो । घटना लगतै प्रहरीले पर्साका गाँजा चरेशका तस्करहरुलाई उच्च निगरानी राख्न थालेपछि अहिले तिनै तस्करले बरामद गरिएको झण्डै ५ क्वीन्टल भन्दा बढी गाँजा चरेश आफूहरुको नभई अन्य व्यक्तिको भएको भन्दै प्रहरीलाई सुराकी दिने गरेको श्रोतले जनाएको छ । पर्साका लागु औषधका तस्करहरु नै प्रहरीका सुराकीका रुपमा काम गरेको हुँदा दोषी माथि कारवाही हुनेमा आशंका उत्पन्न भएको छ । गाँजा चरेशका तस्करी गर्ने नाईकेहरुले हाल जिल्लाका प्रहरी प्रमुखहरुलाई फोन गरेर गाउँका सर्वसाधारणहरुलाई सो काण्डमा फसाउन खोजेपछि अहिले पर्साको ग्रामिण क्षेत्रमा गरिव तथा निमुखा सर्वसाधारणहरु फसिने डरले त्रसित भएका छन् । 

Comments