Listen Live

हात्तीको आक्रमणबाट दुधेश्वर महादेवका पुजारीको मृत्यु
Posted On: Apr 13, 2018

बीरगंज ३० चैत्र । 

हात्तीको आक्रमणबाट आज पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको रामभौरिभाठा स्थित दुधेश्वरनाथ महादेव मन्दिरका पुजारीको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्र्तगत पर्ने दुधेश्वरनाथ महादेव मन्दिरका पुजारी ३१ बर्षिय कमलेश सहनीलाई हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मन्दिर नजिकैको खोलामा  आज विहान नुहाउन गएको बेला सहनीलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यलय पटेर्वासुुगौलीले जनाएको छ । शव पोष्टमाटमको लागि वीरगज स्थित नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको निकुञ्ज का प्रमुख संरक्षण अधिकृत हरीभद्र अचार्यले बताउनुभयो ।  विगत केहि समय यता पर्सा जिल्लाका ग्रामिण क्षेत्रमा जंगली हात्तीले आतंक मच्चाउदै आएको छ । सहनीलाई आक्रमण गरेको हात्ती अझै मन्दिर परिसर आसपासमै रहेको प्रहरीले जनाएको छ । विगत ४ बर्ष देखि मन्दिरमा सहनी मौन वर्त बस्दै आएका थिए ।

Comments