Listen Live

दलहन तथा तेलहन बालीको मूल्य आधाले घटेपछि बारा पर्साका किसानहरु चिन्तीत
Posted On: Apr 12, 2018

बीरगंज २९ चैत्र । 

कृषि प्रधान देशको रुपमा रहेको मुलुकमा कृषिजन्य वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्नु पर्नेमा सरकारले यस पटक कृषि क्षेत्रको बजेट कटौती गर्न लागेकोमा अगुवा कृषकहरुले आपत्ती जनाएका छन् । केन्द्रदेखि स्थानीय सरकारसम्मले कृषि क्षेत्रको बजेटलाई पूर्वाधार लगायत अन्य क्षेत्रमा परिचालन गर्दै कृषि र पशुको बजेट कटौती गरेपछि कृषी प्रधान देश नारामा मात्र सिमित रहने कृषकहरुले गुनासो गरेका छन् । बजेट बनाउन गृहकार्य थालेको सरकारले आगामी आर्थिक वर्ष ०७५÷७६ को लागि कृषि र पशुमा चालु आर्थिक वर्षको भन्दा साढे १२ अर्ब रुपैयाँ कम बजेट सिलिङ तोकेको हो । राष्ट्रिय योजना आयोगले कृषि र पशु क्षेत्रको लागि आगामी वर्ष २६ अर्ब ५४ करोड ५७ लाख रुपैयाँको सिलिङ तोकेको छ । अहिले प्राप्त सिलिङमा कृषि क्षेत्रलाई कम प्राथमिकता दिएको मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताउनुभयो । कृषिको बजेट कटौती भएपछि यसको प्रत्यक्ष असर बारा पर्सा रौतहट लगायतका जिल्लाहरुमा पर्ने भएको छ । रसायनिक मल, सिँचाई, विउमा दिदै आएको अनुदान कटौती हुने तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समेत बजेट कटौतिको मारमा पर्ने देखिएको छ । 

Comments