Listen Live

वीरगज आधुनिक शहरको रुपमा स्तरोन्निती हुदै, ९ अर्वको विकास योजना संचालीत
Posted On: Apr 12, 2018

बीरगंज २९ चैत्र ।
प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंजको स्तरोन्नतीका लागी  विकास निर्माणका विभिन्न कार्यक्रम पुनः संचालन  हुने भएको छ । वीरगंज महानगरपालिकामा हाल विश्व बैक, एशियाली विकास वैकको सहयोगमा झण्डै ५ अर्बको परियोजना संचालन भइरहेको बेला पुनः दोस्रो चरणमा एशियाली विकास वैकले  २ अर्व ३५ करोडमा लागतमा नगरको विकासका लागी विकास निर्माणका कार्यक्रम संचालन भएको हो । एडिवी परियोजनाको पहिलो चरणको कार्यक्रम अन्तर्गत ३ अर्व ३५ करोडको लागतमा अन्डरग्राउण्ड नाला, ढल, पक्कि सडक तथा ल्याण्ड फिल्ड साइट निर्माण कार्यको ९० प्रतिशत काम सम्पन्न भएसंगै दोस्रो चरणको कार्य शुरु गर्न एडिवीले ग्लोवल टेन्डर आवहान गरि वर्षायाम पछि काम शुरु गर्ने तयारीमा रहेको महानगरपालिकाका एडिवी परियोजना प्रमुख शैलेन्द्र श्रेष्ठले बताउनुभयो । वीरगज शहर पुरानो र अव्यवस्थित शहरको रुपमा चिनिएको हुदा यसलाई आधुनिकीकरण गर्ने योजना अनुसार ढल, नल, फराकिलो सडक र फोहर व्यवस्थापनलाई प्राथमिक्तामा राखेर विकास निर्माणका कामलाई अगाडी बढाइएको श्रेष्ठले  जानकारी दिनुभयो । दोश्रो चरणको योजना अन्तर्गत बीरगंजको बाइपास सडकलाई ४ लेनको बनाउने,  महानगरभित्रको रेलवे रोड,  घण्टाघर लिङ्करोड , पिपरा लिङ्गरोड लगायतका सडकलाई ६६ फिट चौडाई  सहित २ लेनको बनाउने र विचमा सोलार र गार्डेन सहितको सडक निर्माण गरिने योजना  रहेको श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी वर्षायाममा डुबान हुने मुर्लि, राधेमाई टोल, भिस्वा, कवि शिरोमणि टोल, कन्या स्कूल रोडको क्षेत्र, मुर्ली टोल रोड , तेजारथटोल  र छपकैया क्यानल रोड लगायतका सडकको स्तरोन्नतरी गर्दै  कालोपत्र तथा नाला निर्मा(ा गर्ने योजना रहेको महानगरपालिकाकले जनाएको छ । यता पथलैया देखी  वीरगंजको गण्डक हुदै पावरहाउस चोक सम्म ६ लेनको सडक विस्तार योजना शुरु भइसकेको र वीरगजको मेनरोडमा समेत २५ ÷२५ मिटर दायाबाया फराकिलो बनाउने योजना अगाडी बढेको छ । जितपुर, सिमरा, परवानीपुर बजार तोड्ने वीरगंज किन नतोड्ने भन्ने दवाव परेको कारण यस पटक सडक विभागले जसरी पनि वीरगंज फराकिलो र व्यवस्थित बनाउने योजनामा रहेको श्रोतले जनाएको छ । 

Comments