Listen Live

गुट उपगुटले ध्वस्त पाटिलाई एक ढिक्का बनाउने जिम्मेवारी युवाहरुको काधमा आएको कांग्रेस महामन्त्री कोइरालाको भनाई
Posted On: Apr 12, 2018

बीरगंज २९ चैत्र ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुट उपगुटले पार्टी ध्वस्त भएको बताउदै पाटिलाई एक ढिक्का बनाउने जिम्मेवारी युवाहरुको काधमा आएको बताउनुभएको छ ।  नेपाल तरुण दलको २ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आज वीरगंजमा उदघाटन गर्दै  महामन्त्रि कोइरालाले गुट–उपगुटले कांग्रेस कमजोर भएको हुदा पाटिलाई एकढिक्का बनाउने कामको थालनी आफुले गरेको बताउनुभयो । उहाले  २०४८ सालदेखि देशको साँचो कांग्रेसको हातमा आएपछि देशले ठुलो फड्को मारेको दाबी गर्दै पार्टी एक ढिक्का भएमा अबको ५ वर्षमा देश सञ्चालनको जिम्मेवारी पुनः कांग्रेसकै काँधमा आउने बताउनुभयो । उहाले कांग्रेसले गरेका राम्रो कामको प्रचारप्रसार गर्न नसकेर कांग्रेस पछि परेको बताउदै अबको ५ वर्ष संगठन निमार्ण र सबल प्रतिपक्षको भूमिकामा कांग्रेस रहने प्रष्ट पार्नुभयो । कार्यक्रममा पूर्वरक्षामन्त्री एवं  नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, कांग्रेसका केन्द्रिय सदस्य एवं प्रवक्ता विश्व प्रकाश शर्मा, केन्द्रिय सदस्यहरु रमेश रिजाल, अजय चौरसिया, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, तरुण दलका पूर्व केन्द्रिय अध्यक्षहरु महेन्द्र यादव, सुरेन्द्र पाण्डे, उदय शमशेर राणा, वाराका अध्यक्ष लुकेश सिंह, पर्साका विरेन्द्र पटेल लगायतले मन्तव्यव्यक्त गर्नु भएको थियो । तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतको सभापतित्वमा संचालित प्रशिक्षण कार्यक्रमको सहजिकरण महामन्त्री भुपेन्द्रजंग शाहीले गर्नु भएको छ । कार्यक्रममा वारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही जिल्लाका ८ सय जना तरुण युवाहरुको  सहभागिता रहेको छ । 

Comments