Listen Live

प्रदेश २ का मुख्यमन्त्री राउतद्वारा आर्थिक वर्ष २०७४–७५ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख समक्ष पेश
Posted On: Apr 10, 2018

बीरगंज २७ चैत्र ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको आर्थिक वर्ष २०७४–७५ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख समक्ष पेश गरेका छन् । मुुुख्यमन्त्री राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बुझाएका हुन् । प्रदेश सरकारले सोमबार नै प्रदेश सांसद् सचिवालयलाई पनि नीति तथा कार्यक्रम बुझाएको छ । प्रदेश संसद् सचिवालयका रञ्जित यादवले सरकारले तयार पारेको नीति तथा कार्यक्रम चैत २८ मा बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखले सार्वजनिक गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुखले प्रस्तुत गरेपछि सांसदहरुबीच छलफल हुनेछ ।

Comments