Listen Live

आधाभारमा टयाक्सी अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु, १ घाइते
Posted On: Apr 10, 2018

बीरगंज २७ चैत ।
पुर्वपश्चिम राजमार्ग अन्तरगत पथलैया अमलेखगञ्ज सडकखण्डको आधाभार क्षेत्रमा आज सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अमलेखगञ्जबाट पथलैया तर्फ आउँदै गरेको बा २ ज १९१० नम्बरको ट्याक्सी अनियन्त्रीत भई पल्टिँदा ट्याक्सीका चालक ललीतपुरका ३० बर्षिय राकेन्द्र महर्जनको ज्यान गएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका महर्जनलाई उपचारका लागी चुरेहिल अस्पताल पुर्याईएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्सीमा सवार सोेहि ठाउका आनन्द दास भने सामान्य घाईते भएका छन् ।

Comments