Listen Live

रिलायन्स सुगर मिल्स बारामा टयांक विष्फोट, १ को मृत्यु, ९ घाइते, करोडौको क्षति
Posted On: Apr 10, 2018

 

बीरगंज २७ चैत्र । 

बाराको कलैया स्थित रिलाईन्स सुगर मिल्समा आज अचानक मलासीस टयांक विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । विष्फोटबाट करोडौको क्षति भएको छ । झण्डै ८ हजार टन क्षमताको उखुको रस प्रशोधित भई सकेको तातो लेदो सहितको टयांक आज दिउँसो ११ बजे विष्फोट हुँदा कारखाना भित्र काम गरि रहेका मजदुर भारतीय नागरिक राम सेनाईको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वाराका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक भुनेश्वर साहले बताउनु भयो । दुर्घटनामा प्रशोधित तातो उखुको लेदोले बगाउदा १० जना मजदुर घाइते भएकोमा १ जनाको मृत्यु पछि ८ जनाको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा  र १ जनाको कलैया अस्पतालमा उपचार भई रहेको वाराका प्रहरी नायव उपरिक्षक साहले जानकारी दिनुभयो । टयांक विष्फोट पछि कारखानाका मेसिनरी पार्टपुर्जा, उत्पादीत चिनी, भवनमा समेत ठूलो क्षति पुगेको र उद्योगलाई करोडौको नोक्सानी भएको प्रहरी नायव उपरिक्षक साहले बताउनु भयो । प्रारम्भिक अनुसन्धानको क्रममा पानी परि रहेको बेला अचानक विष्फोट हुँदा केही मजदुरहरुले चटयांङ्ग परेर घटना भएको दावी गरेको भए पनि टयांकमा प्राविधिक गडबढीका कारण विष्फोट हुन सक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीका अनुसार टयांक विष्फोटमा पर्सा जिल्ला कालिकामाई गाउँपालिका २ भेडियारीका ४५ वर्षीय प्रेम राउत बरै, कलैया उपमहानगरपालिका २४ का ३५ वर्षीय रमेशप्रसाद यादव, वडा १२ का ३८ वर्षीय देवनारायण महतो, महागढीमाई नगरपालिका वडा ११ मधुरीजब्दीका ४५ वर्षीय नागेन्द्र ठाकुर लगयातका व्यक्तिहरुको उपचार भइरहेको र घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।  यसैबिच घाईते भएका मध्य दुईजनालाई काठमाडौं लगिएको छ । बारा भोडहा मटिअर्वा निवासी ३० वर्षिय अमरेन्द्र साह र बारा उतर झिटकैया निवासी ३५ वर्षिय रमेश यादवको अवस्था गम्भिर रहेकाले उनिहरुलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको बाराका प्रहरी प्रवक्ता भूवनेश्वर साहले जानकारी दिए ।

Comments