Listen Live

बाओको अध्यक्षमा बान की मुन निर्वा्चित
Posted On: Apr 09, 2018

चैत २६ । 
बाओ फोरम फर एसिया (बीएफए)को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुन निर्वा्चित भएका छन् । सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्वप्रधानमन्त्री यासु फुकुदालाई विस्थापित गरेका हुन् । फुकुदा यसअघि अध्यक्ष थिए । चीनका उपविदेशमन्त्री ली बाओडोङ सो फोरमको महासचिवमा नियुक्त भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुसँगै बीएफएको बोर्ड सदस्यमा १९ जना निर्वा्चित भएका छन् । निर्वा्चित अरु व्यक्ति पनि विश्वकै र एसियामै प्रभावशाली पूर्वसरकारी उच्च अधिकारीहरु, व्यावसायिक नेताहरु र प्रख्यात तथा प्रतिष्ठित व्यक्तिहरु रहेका छन् । बीएफए सन् २००१ मा स्थापना भएको गैरसरकारी र गैरनाफामूलक अन्तर्रा्ष्ट्रिय संस्था हो । जसले क्षेत्रीय अर्थतन्त्र सुधार र विकासका लक्ष्य पूरा गर्नका लागि एसियाली देशहरुलाई सघाउने गर्दछ  ।यस वर्षको बीएफएको सम्मेलन यही अप्रिल ८ देखि ११ सम्म चीनको बाओमा चलिरहेको छ । बाओ चीनको दक्षिण द्वीप प्रान्त हैनान सहर हो । सो सम्मेलनको यसपटकको मूलनारा ‘विश्वकै समृद्धिका लागि खुला र नवीन एसिया’ रहेको छ । 

Comments