Listen Live

प्रमुख विपक्षी दल नेपाली कांग्रेसद्वारा सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा
Posted On: Apr 09, 2018

चैत्र २६ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले श्वेतपत्रबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताउनुभयो । श्वेतपत्रका नाममा सरकारले इतिहास आजबाट सुरु हुन्छ भन्ने देखाउन खोजेको कांग्रेसको आरोप छ । काङ्ग्रेसले सरकारले श्वेतपत्रलाई अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको ठहर गरेको छ । अर्थतन्त्रको सकारात्मक सबै बिर्सेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुति गरिएको भन्दै कडा आलोचना गरेको हो । पछिल्लो २५ वर्षमा ६२ गुणाले राजस्व बृद्धि भएको तथ्यलाई श्वेतपत्रले उठाउन नचाहेको आरोप उसको छ । श्वेतपत्रले निश्चित कालखण्डको अर्थतन्त्रको अवस्थालाई इमान्दार रुपले प्रस्तुत नगरेको पनि काङ्ग्रेसको आरोप छ । पछिल्लो १० वर्षमा देशको अर्थतन्त्र धेरै बिग्रिएको भनेर श्वेतपत्रले भन्दा त्यस अवधिमा अधिकांश समय कम्युनिष्ट प्रधानमन्त्री वा कम्युनिष्ट अर्थमन्त्रीले नेतृत्व गरेको सत्यलाई बिर्सिएको काङ्ग्रेसको ठहर छ ।

Comments