Listen Live

सिरियाको पूर्वी गुटा नजिकैको आक्रमणमा रसायनिक हतियारको प्रयोग, ७० जनाको ज्यान गयो
Posted On: Apr 08, 2018

चैत २५ ।
सिरियाको पूर्वी गुटा नजिकैको आक्रमणमा रसायनिक हतियारको प्रयोग भएको छ । सिरियाको पूर्वीय क्षेत्र गुटामा पछिल्लो चरणमा चर्केको आन्तरिक गृहयुद्धमा रसायनिक हतियारको आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणमा ७० जनाको ज्यान गइसकेको छ । विद्रोहीको पक्कड क्षेत्र मानिने गुटा नजिकैको क्षेत्रमा भएको हिंसात्मक विद्रोहमा रसायनिक हतियारको आक्रमण भएकाले मृतकको संङ्ख्या बढ्ने बताइएको छ । अमेरिकाले रुसले सिरिया सरकारलाई सघाइरहेकाले रसायनिक आक्रमणको जिम्मा रुसले लिनुपर्ने जनाएको छ । आफ्नो वक्तव्यमा अमेरिकाले आफ्नै नागरिकमाथि गरिएको त्यस्तो आक्रमण निन्दनिय भएको उल्लेख गरेको छ  । 

Comments