Listen Live

डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्ससँग अंक बाँड्दै महेन्द्रनगर युनाइटेड प्लेअफमा
Posted On: Apr 08, 2018

चैत्र २५ ।

धनगढी प्रिमियर लिग  (डीपीएल) क्रिकेटमा आइतबार विहान हुने भनिएको खेल स्थगित भएपछि काठमाडौं गोल्डेन्ससँग अंक बाँड्दै महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेको छ । शनिबार रातिदेखि परेको बर्षाका कारण मैदान ओसिलो भएकाले आइतबारको पहिलो खेल स्थगित भएको हो । जसका कारण दुबै टिमले एक एक अंक बाँडेका हुन् । महेन्द्रनगर चार खेलमा पाँच अंकका साथ प्लेअफमा पुगेको हो । यसअघि शनिबार वर्षाले प्रभावित खेलमा रुपन्देहीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्स पनि प्लेअफमा पुगिसकेको छ । काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो । लगातार चार खेलमा जित निकाल्दै गोल्डेन्स् एक खेल अगाडि नै प्लेअफमा पुगेको हो । महेन्द्रनगरले भने शनिबार पनि बर्षाका कारण खेल हुन नसकेपछि सीवाइसी अत्तरियासँग अंक बाँडेको थियो । आइतबार हुने दोस्रो खेलमा विराटनगर किंग्स र सिवाइसी अत्तरिया भिड्दै छन् । यो खेलमा विजयी हुने टिम प्लेअफमा पुग्नेछ । यो खेलसँगै धनगढी प्रिमियर लिगको लिग चरणका प्रतियोगिताहरु सकिने छन् ।

Comments