Listen Live

प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमणको क्रममा नयाँदिल्लमा
Posted On: Apr 06, 2018

चैत २३ ।
प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमणको क्रममा नयाँदिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको छ । यसअघि भारतीय विदेशराज्यमन्त्रीले स्वागत गर्ने भारतको परम्परा थियो । यसपटक प्रधानमन्त्री ओलीको स्वागतका लागि भारतले वरिष्ठ मन्त्रीलाई विमानस्थल पठाएको हो । तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जानुभएको हो । दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।यसैबिच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री ईश्वर पोखरेलले पाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकाले उहाको अनुपस्थितिमा पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी विद्यादेवी विद्यादेवी भण्डारीले तोकेको शितल निवासबाट जारी विज्ञप्तिमा उल्लेख छ
यसैबिच भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् ।शुक्रबार साँझ प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग वान टु वान कुराकानी गर्न लागेका हुन् ।भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सााझ पौने ७ बजे मोदीसँग भेटवार्ता गर्न लागेका हुन् । यद्यपि प्रतिनिधिमण्डलको भेटवार्ताको कार्यक्रम भने शनिबार रहेको छ । शनिबार द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

Comments