Listen Live

​एमाले–माओवादी एकता रोक्न चलखेल ः अध्यक्ष प्रचण्ड
Posted On: Apr 04, 2018

चैत्र २१ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले(माओवादी एकता रोक्न चलखेल भएको बताउनु भएको छ । भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भइरहेको भन्दै अध्यक्ष प्रचण्डले सचेत हुन आग्रह गर्नुभएको हो । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भइरहेको बाउदै उहाले  त्यसले एकता रोक्न नसक्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले माओवादी सांसदहरुलाई सचेत ढंगल एकताको पक्षमा भूमिका खेल्न भन्दै चलखेलबाट प्रभावित नहुन निर्देशन समेत दिनुभयो । एमाले माओवादी पार्टी एकता सहज ढंगलले अघि बढिरहेको बताउँदै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको भन्दै बताउनुभयो । अध्यक्ष प्रचण्डले केन्द्रमा सह(अध्यक्षको मोडलमा जाने सहमति भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराउनुभयो । संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।

Comments