Listen Live

​भारत भ्रमणका क्रममा देशको हित हुने कुरा राख्न पूर्व प्रधानमन्त्रीहरुद्वारा ओलीलाई सुझाव
Posted On: Apr 04, 2018

चैत्र २१ ।
भारत भ्रमणका क्रममा देशको हित हुने कुरा राख्न पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीले यसअघि पनि भएका सहमति भारतले कार्यान्वयनमा आलटाल गरिरहेकाले प्राथमिकताकासाथ यस विषयको उठान गर्न सुझाव दिएका हुन् । जवाफमा प्रधानमन्त्री ओलीले पनि भ्रमणका क्रममा पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने बताउनुभयो ।  छलफलमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई बाहेक अरु पूर्व प्रधानमन्त्री सहभागी थिए । शुक्रबारदेखि सुरु हुने भारत भ्रमणअघि प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सुझाव लिनुभएको हो ।

Comments