Listen Live

भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू
Posted On: Apr 03, 2018

चैत्र २० ।
भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ । विश्व प्रदर्शनका क्रममा ८ जनाको मृत्यु भएको छ । रेल सेवामा अवरोध पु¥याइएको छ भने विभिन्न राज्यमा मुख्य राजमार्ग बन्द गरिएको छ ।सर्वोच्च अदालतले दलित तथा जनजाति समुदायविरुद्ध हुने ज्यादतिका घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न थप जाँच गर्नुपर्ने निर्णय गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।निर्णयले आफूहरुमाथिको आक्रमण बढ्ने उनीहरुको तर्क छ । प्रान्तीय सरकारले भने अदालतलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । उत्तर प्रदेश, झारखण्ड, विहार, पन्जावमा पनि प्रदर्शनको प्रभाव परेको छ ।सोमबारमात्र भारत बन्दको आह्वान गरिएको थियो ।  

Comments