Listen Live

कैलालीमा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने ६ जना कारागार चलान
Posted On: Apr 03, 2018

चैत्र २० ।
कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने घटनामा संलग्न ६ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ।घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा २४ फागुनमा निर्घात कुटपिट भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् ।

Comments