Listen Live

माओवादी केन्द्रसँगको एकता प्रक्रिया तत्काल टुङ्गो लाग्ने ः प्रधानमन्त्री ओली
Posted On: Apr 02, 2018

चैत १९ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकता प्रक्रिया तत्काल टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टी एकता कार्यदलले सबै प्रक्रिया पूरा गर्न लागेकाले भारत भ्रमणपछि  पार्टी एकता हुने भएकाले अनावश्यक शंका नगर्न ओलीको आग्रह छ । नेकपा एमाले केन्द्रीय प्रचार–प्रसार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले दुईतिहाइ निकट बहुमतको बलियो सरकार बनेकाले अब देश समृद्धितर्फ अघि बढ्ने दाबी गर्नुभयो । अनावश्यक बहस र विवादमा अल्मलिने समय आफूसँग नभएको भन्दै उहाँले दुवै छिमेकीसँग असल सम्बन्ध कायम गर्न आफू प्रयत्नशील रहेको भनाइ राख्नुभयो । यसकै प्रयासमा आफूले भारतको भ्रमण गर्न लागेको र त्यस लगत्तै चीन जाने पनि प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले ५१ हजार रुपैयाँ राशीको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार र तथा लेखक कमल कोइरालालाई हस्तान्तरण गर्नुभयो । यो पुरस्कार प्राप्त गर्ने कोइराला दोश्रो व्यक्ति हुन् । यसअघि फोटो पत्रकार चन्द्रशेखर  कार्कीलाई यो पुरस्कार प्रदान गरिएको थियो । 

Comments