Listen Live

​इजरायली सेनाले प्रहार गरेको गोली लागेर कम्तिमा १५ जनाको मृत्यु
Posted On: Mar 31, 2018

चैत १७ ।
इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाले प्रहार गरेको गोली लागेर कम्तिमा १५ जनाको मृत्यु भएको छ । प्यालेस्टायनी अधिकारीहरुले इजरायली सेनाले गरेको गोली प्रहारबाट कम्तिमा १५ जनाको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन् । हजारौं प्रदर्शनकारीले छ हप्ताको विरोध प्रदर्शनको पहिलो दिन सीमा क्षेत्रमा मार्च पास गरेका थिए । यो विरोध प्रदर्शनलाई ‘ग्रेट मार्च अफ रिटर्न’ अर्थात् ‘फिर्तीका लागि महान मार्च’ नाम दिइएको छ । प्यालेस्टायनीहरुको यो प्रदर्शन दक्षिणी गाजा क्षेत्रको खान युनिसको शहरगायत प्यालेस्टायन–इजरायल सीमासँग जोडिएका पाँच वटा क्षेत्रमा भएको हो । इजरायली सेनाले भने सीमा क्षेत्रमा दंगा भड्किएकाले त्यसलाई नियन्त्रण गर्न गोली चलाएको दाबी गरेको छ । उसले हमास समूहले सीमा क्षेत्रलाई निशाना बनाएको जनाएको छ ।  

Comments