Listen Live

अमेरिका गएका पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो
Posted On: Mar 28, 2018

चैत १४ ।
अमेरिका भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खक्कान अब्बासीलाई जोन एफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणलाई जस्तै गरी कपडा फुकाल्न लगाइएको छ । सुरक्षा जाँच भन्दै पाकिस्तानी प्रधानमन्त्रीको खानतलासी लिइएको थियो । बहालवाला प्रधानमन्त्रीलाई यसरी खानतलासी गरिएको पहिलो पटक भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पकिस्तानी प्रधानमन्त्रीले जेएफके विमानस्थलमा कपडा खोल्दै गरेको भिडियो भाइरल भएको छ । पाकिस्तानी मिडियाले यस घटनाले पाकिस्तानको बेइज्जत भएको बताएका छन् । अमेरिकाले प्रोटोकललाई ध्यान नदिएको भन्दै पाकिस्तानमा अमेरिकाको कडा आलोचना भैरहेको छ । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी गएको हप्ता आफ्नी बिरामी बहिनीलाई भेट्न निजी भ्रमणका रुपमा अमेरिका जानुभएको थियो । उहाँले भ्रमणकै अवसर पारेर अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग पनि भेट्नुभयो । पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार पाकिस्तानी प्रधानमन्त्रीको कुटनीतिक राहदानी हुने र यस्तोमा निजी भ्रमण नहुने बताएका छन् ।

Comments