Listen Live

​मोदीको एपले डाटा सेयर गरेको भन्दै भारतभर आक्रोश
Posted On: Mar 27, 2018

चैत १३ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक मोबाइल एप्लिकेसनले मानिसका व्यक्तिगत तथ्याङ्क उनीहरुको स्वीकृति बिना नै तेस्रो पक्षलाई पठाइरहेको भन्दै भारतभर सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ । सामाजिक सञ्जालमा मोदीको एप्लिकेसनका बारेमा आक्रोश पोखिएपछि भारतको मुख्य प्रतिपक्षी दलका नेताले समेत उनको आलोचना गरेका छन् ।  प्रधानमन्त्री मोदीको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले भने यस्तो आरोप अस्वीकार गर्दै तथ्याङ्क सबै प्रयोगकतालाई प्रासंगिक परिस्थिति प्रदान गर्नका लागि मात्रै प्रयोग गरिएको बताएको छ ।   भाजपाले कंग्रेसले क्याम्ब्रिज एनालिटिका विवाद भारतमा ल्याइरहेको आरोपसमेत लगाएको छ तर विपक्षी कंग्रेसले भने यस्तो आरोप अस्वीकार गरिसकेको छ । 

Comments