Listen Live

नेपाल र मलेसियाविरुद्ध तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द
Posted On: Mar 23, 2018

चैत ९ ।
नेपाल र मलेसियाविरुद्ध तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । चैत १८ गते मलेसियाको क्वालालम्पुरमा हुने भनिएको नेपाल र मलेसियाबीचको खेल रद्द भएको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिनुभयो । रुपन्देहीमा हुने मदनभण्डारी गोल्डकप फुटबलका लागि थ्री स्टार र मनाङ मर्स्याङदी क्लबले खेलाडी ‘रिलिज’ गर्न नमानेपछि नेपालको मैत्रीपूर्ण फुटबलनै प्रभावित भएको हो । मलेसिया जाने नेपाली खेलाडीहरुले आज भिसाकालागि आवेदन दिनुपर्ने थियो तर नेपाली टिममा जाने खेलाडीहरु उपलव्ध नहुने भएपछि सो खेल नहुने पक्का भएको छ । नेपाली टिम आइतबार एएफसी एशियन कप छनौटकालागि कतार जाँदै छ । यसअघि कतारबाट सोझै मलेसिया जाने कार्यक्रम तय गरिएको थियो ।

Comments